२०८० चैत्र १५ , बिहिवार

नेपाल लाइफको लाभांश बीमा समितिबाट स्वीकृत, कहिले हुँदैछ साधारणसभा ?

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल लाइफको लाभांश बीमा समितले  स्वीकृत गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६-७७ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरणका लागि स्वीकृतिको लागि समितिमा पेश गरेको थियो ।

बीमा समितिले लाभांश स्वीकृत गरे सँगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुला भएको छ । कम्पनीले यस आर्थिक वर्षमा एक अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सोहि मुनाफाबाट कम्पनीले जम्मा एक अर्ब ६ करोड १० लाख रुपैयाँ वितरण गर्नेछ ।

कम्पनीले विगतका वर्षमा जस्तै यस वर्ष पनि बोनस शेयरलाई प्राथमिकता दिएको छ । हाल नेपाल लाइफको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर पछि ८ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २ अर्ब तोके पनि नेपाल लाइफको ७ अर्ब १९ करोड रुपैयाँ छ ।

केहि समय अगाडी नेपाल लाइफको लाभांश वितरणमा बीमा समितिले रोक्ने भन्दै हल्ला चलाइएको थियो । जसले गर्दा कम्पनीको शेयर मूल्यमा असर पारेको थियो । तर अव कम्पनीले लाभांश दिने पक्का भएको छ । कम्पनीले केहि दिन भित्रै साधारणसभाको मिति तय गर्नेछ । प्रस्तावित लाभांश साधारणसभाबाट पारित भए पछि बल्ल शेयरधनीले पाउने छन् ।