२०८१ जेठ ८ , मंगलबार

गणेश अधिकारीको पिडादायिक गीत रुमाल बुट्टा बालामाले सबैको मन छुदै

सुनाखरी न्युज/ काठमाडौं । गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।

 

यतिबेला गणेश अधिकारी र सुनिता बुढाको आवाजमा नयाँ गीत ”रुमाल बुट्टा बालामा ”बजारमा आएको छ। गीतमा गणेश अधिकारीको शब्द तथा लय रहेको छ ।महेन्द्र भण्डारीकोले संगीत संयोजन गरेको गीतको भाव पछिल्लो गीतले माया प्रेममा धन सम्पत्तिले कसरी फाटो ल्याउँछ भन्ने कुरा रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्।

 

गित योग्सना डिजिटलले बजारमा ल्याएको छ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको गीतमा रिजन बस्याल र सारिका केसीको अभिनय रहेको छ ।