२०८१ जेठ ४ , शुक्रवार

बोटलर्स नेपालविरुद्ध ७ अर्ब ४३ करोडको कर छली मुद्दा

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले  बोटलर्स नेपालविरुद्ध पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको हो ।

विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो ।

बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ ।

बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।