२०८१ जेठ ७ , सोमवार

एनआइसी एसिया बैंकले चैत २० गते बोलायो एजीएम

सुनाखरी न्युज/ काठमाडौं। एनआइसी एसिया बैंकले चैत २० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव बिनै साधारण सभा गर्न लागेको हो ।

 

यसअघि १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश दिने घोषणा गरेपनि नियामक नेपाल राष्ट्र बैंकले अस्वीकृत गरपछि प्रस्तावित लाभांश रद्द भएको थियो । केन्द्रीय बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको थियो । एनआइसी एसियाले सभामा प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने, संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालकमा विजया स्वारको नियुक्तिलाई अनुमोदन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ ।

 

यस्तै, संस्थापक र सर्वसाधरण सेयरधनी समूहबाट ३/३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि चैत ८ गतेदेखि बुक क्लोज हुने भएकाले चैत ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सहभागिता जनाउन सक्नेछन् ।