२०८१ बैशाख २८ , शुक्रवार

खाएपछि गोहीले झैं आँशु झार्ने मानिस भेटिए चीनमा

सुनाखरी न्युज/ काठमाडौं।

एक चिनियाँ पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । उनले खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ ।

 

सधैँजसो रुनाले उनमा जोडदारको संवेगात्मक प्रतिक्रिया आउने गरेको छ । जस्तै उदासीपना, पीडा तथा नियन्त्रण हुन नसक्ने खालको हाँसो । तर कहिलेकाहीँ केही खाएर पनि यो व्यवहारलाई क्रियाशील बनाउन सकिन्छ ।

 

चिनियाँ मिडियाले ‘मिस्टर झाङ’का रुपमा परिचय दिएका ती पुरुषले गत वर्ष खाँदै गर्दा बारम्बार आफ्नो आँशु लुकाउने गरेका थिए । सुरुमा उनले यसको बारेमा धेरै सोचेनन् तर लामो समयसम्म चपाउँदा उनको अवस्था उल्लेख्य रुपमा खराब भयो र यसले उनको सामाजिक जीवनमा हस्तक्षेपसमेत गरेको थियो ।

झाङले सुरुमा सार्वजनिक रुपमा खान छोडे । किनकि उनी मानिसहरुको माझ आफ्नो आँशु झरिरहेको देखाउन चाहँदैनथे । त्यसैले उनी एक्लो भए । यसलाई सधैँभरी लुकाएर बस्न नसकिने निष्कर्षसहित उनले डाक्टरलाई देखाउने निर्णय समेत गरे ।

 

गत महिना झाङ जाँचका लागि उहानको अस्पताल गएका थिए । चिकित्सकले उनमा ‘गोहीको आँसुको लक्षण’ भएको दुर्लभ चिकित्सा अवस्था भएको पत्ता लगाएका थिए । एजेन्सी