सुनाखरी न्युज/ काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६ हजार ८ सय १ पीसीआर परीक्षणमा ७७ र २ हजार ५ सय २७ एन्टिजेन परीक्षणमा ३५ जना गरी १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन ।
उक्त अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ४ सय २९ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ४० रहेको छ ।