२०८१ जेठ ७ , सोमवार

लयमा फर्कियो शेयर बजार,एकै दिन ५२ अङ्कको बृद्धी

सुनाखरी न्युज/ काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन विहीबार दोहोरो अंकको वृद्धि देखिएको छ ।

 

आज नेप्से ५२.२१ अंकले बढेर दुई हजार ५ सय ६६ दशमलब ७९ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ७९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १८६ वटा कम्पनी बढेका छन् भने ५ वटा कम्पनी घटेका छन् ।

 

यसमध्ये आधा दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा इमर्जिङ नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेर प्रतिकित्ता ३४१.५० रुपैयाँ पुगेको छ ।