२०८१ जेठ ७ , सोमवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको सङ्ख्या शुन्य

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ।

 

आज ६ हजार ९ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ५८ जनामा कोरोना भाईरस पुष्टि भएको मन्त्रालयले जनाएको हो।

 

भने पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट शुन्य मृत्यु रहेको छ। उक्त अवधिमा २ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन्।