२०८१ बैशाख ७ , शुक्रवार

क्रिकेटको नियम परिवर्तन : अब बलरले बलमा थुक लगाउन नपाउने

सुनाखरी न्युज/ काठमाडौं ।

मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटको नियममा संशोधनको घोषणा गरेको छ । तर यो नियम यस वर्षको १ अक्टोबरपछि मात्रै लागू गरिने छ । अस्ट्रेलियामा हुने टी–२० विश्व कप भन्दा पहिले क्रिकेटको नियम फेरिने बताइएको छ ।

 

क्रिकेट ल ४१.३ – नो सलाइभा
एमसीसीले अब क्रिकेटको बल चमकाउनका लागि थुकको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । यसअघि कोभिड–१९ का कारण यो नियम अल्पालीन् रुपमा लागू भएको थियो । तर एमसीसीले यसलाई अब कानुन नै बनाएको छ । खेलाडी बल चम्काउन पसिनाको प्रयोग गररहेका थिए र यो पनि त्यत्तिकै प्रभावकारी थियो ।

ल १८–खेलाडी आउट भएपछि नयाँ खेलाडीले लिनेछ स्ट्राइक
एमसीसीको नयाँ नियमका अनुसार कुनैपनि खेलाडी आउट भएपछि मैदानमा आउने नयाँ खेलाडीले नै स्ट्राइक लिनेछ । हालसम्म क्याच आउट हुनु भन्दा पहिलो यदि सट खेल्ने खेलाडी बलिङ एन्डमा पुग्यो भने नयाँ ब्याट्सम्यान नन स्ट्राइकर एन्डमै हुने गर्दथ्यो । अब कुनै पनि किसिमबाट आउट भएपछि नयाँ खेलाडीले नै स्ट्राइक गर्ने छ । एमसीसीको सुझावमा इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) द्वारा पहिलो पटक लीगमा यसको परीक्षण पनि गरिएको थियो ।

ल ३८–मांकन्डिङमा हुनेछ रन आउट

आइसीसीले मान्कन्डिङलाई लिएर पनि ठूलो पैmसला गरिसकेको छ । पहिले यो क्रिकेट कानुन ४१ अनुसार खेल भावनाको विरुद्ध मानिन्थ्यो । तर अब यसलाई ल ३८ अर्थात् रन आउट अनुुसार राखिएको छ ।

मांकन्डिङ कहाँबाट आयो ?

मान्कन्डिङ नियम क्रिकेटमा लागू त हुन्छ तर यसलाई खेल भावनाको विपरीत आचरण मानिन्थ्यो । जब बलरले बल फ्याक्नु भन्दा पहिले नन स्ट्राइकिङ एन्डको ब्याट्सम्यान क्रिजबाट बाहिर निक्लिदा र बेल झारेर आउट गर्छ भने यसलाई मांकन्डिङ भनिन्छ । आईपीएलमा यस किसिमबाट आउट हुने पहिलो व्यक्ति ब्याट्सम्यान जोस बटलर थिए । भारत र अस्ट्रेलियाबीच भएको एक टेस्ट म्याचमा भारतका बीनु मांकडिङले अस्ट्रेलियाका बलि ब्राउनलाई यसै किसिमबाट आउट गरेका थिए ।

 

यसपछि नै बिनूको थरको नामका आधारमा आउट गर्ने यो तरिकालाई मांकन्डिङ भनियो । क्रिकेटको यो नियम ला गूत हुन्छ, तर यसको बारेमा मत भने बाँडिएको छ । केही जानकार र पूर्व खेलाडी यसको पक्षमा छन् भने केहीले ब्याट्सम्यानलाई आउट गर्ने यो तरिका खेलको भावनाविपरीत भएको मानेका छन् ।

ल २०.४.२.१२ – डेड बल

डेड बलको नियममा पनि परिवर्तन गरिएको छ । खेलको अवधिमा मैदानका कुनै पनि व्यक्ति, जनावर वा अन्य वस्तुबाट कसैको पक्षमा नोक्सानी भयो भने यसलाई डेड बल मानिनेछ । मैदानमा अचानक पस्ने फ्यान वा अचानक मैदानमा कुकुर आउनाले खेलमा कुनै असर पर्छ भने अम्पाएरले डेड बलको संकेत दिने छन् ।   एजेन्सी