२०८१ जेठ ८ , मंगलबार

पल शाहलाई थप अनुसन्धान गर्न गैंडाकोट पुर्याइयो

सुनाखरी न्युज/ काठमाडौं ।

नाबालिका गायिका बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा पुर्याइएको छ ।

किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ । बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ । नाबालिक गायिकाले फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी थिइन् ।

 

नवलपुर प्रहरीमा दिएको उजुरीमा नाबालिग गायिकालाई गीतको म्युजिक भिडिओ सुटिङका क्रममा पलले गत चैत ७ गते गैंडाकोटमा बलात्कार गरेको उल्लेख रहेको प्रहरीले जनाएको छ । यता, तनहुँ र नवलपुरबाट एकैसाथ पलविरूद्ध अनुसन्धानको काम अघि बढाएको नवलपुर प्रहरीले जनाएको छ।