२०८१ जेठ ८ , मंगलबार

१६ वैशाखमा ‘मन्त्र’

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘मन्त्र’ १६ वैशाखमा प्रदर्शन हुने भएको छ । चलचित्र विकास बोर्डमा मंगलबार  एक कार्यक्रम गर्दै निर्माण युनिटले नयाँ मिति घोषणा गरेको हो । यस अगाडि गत २८ माघमा प्रदर्शन तयारीमा रहेको फिल्म कोरोनाको तेस्रो लहरका कारण हल बन्द भएपछि रिलिज हुनसकेको थिएन ।

 

अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्मलाई खिल बहादुर तामाङले निर्देशन गरेका हुन् । फिल्ममा बुद्धि तामाङ, नमिता घिसिङ, बिर बहादुर लामा, पासाङ टि शेर्पालगायत कलाकारको अभिनय रहेको छ । यस्तै फिल्मका कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ छन् । हिमाली प्रेमकथा भनिएको फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत छ ।

गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मनास्लु हिमालको बेसक्याम्पको कथावस्तु प्रस्तुत गरिएको छ ।