२०८१ जेठ ७ , सोमवार

मंगलबार सुनको भाउ स्थिर

सुनाखरी न्युज/ काठमाडौं । मंगलबार सुनको भाउ स्थिर देखिएको छ। पछिल्लो समय लगातार बढ्दै गएको सुनको भाउ मंगलबार भने रोकिएको हो।

 

यस दिन छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

 

यस्तै चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।