२०८१ जेठ ८ , मंगलबार

गायक हरी केसीले मधु राई सगँ सुनाए आफू अभागी भएको पिडा

कृष्ण पौडेल/ नवलपरासी । पछिल्लो समय नेपाली गीतसंगीतमा धेरै नयाँ तथा पुराना कलाकारहरु भेटिन्छन् कतिपय कलाकारहरुले आफ्नो गीतसंगीतलाई जति कोसिस गरेपनि उचाइमा लान सकिरहेका छैनन् ।

 

यस्तै उदाहरणको पात्र बनेका छन् हरि केसी गित संगीतमा लाखौं रुपैयाँ खर्चेर सफलता नपाए पनि गाउँन सिर्जना गर्न लय बनाउन छोडेका छैनन् । कुनै दिन सफलता मिल्छ भन्ने आसमा रहेको केसि बताउँछ। यस्तै म त अभागि नै हो भन्ने बोलको नयाँ गित हिजो मात्रै सार्वजनिक गरिएको छ जसमा स्वर हरि केसी र मधु राईको छ भने लय शब्द केसी आफै गरेका छन् ।

 

punky suraj र सम्झना गिरीको अभिनय मा रहेको उक्त गीत highlight नेपालबाट सार्वजानिक भएको छ। गीतले धेरै दर्शकको मन छुने अपेक्षा गरिएको छ।