२०८१ जेठ ७ , सोमवार

नारी दिवसको अवसरमा नबिल बैंकको “नबिल एफडी कार्ड” योजना

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड)योजना सुरु गरेको छ, जस अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ ।

 

नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानीन ह्ने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको हो । अन्तराष्ट्रिय नारी दिवसको अवसरमान बिल बैंकले मार्च २०२२ माकार्डका लागिआवेदन (अप्लाई) गर्ने ग्राहकहरुकालागिनिःशुल्कनबिल एफडी कार्ड प्रदानगर्दैछ । प्रयोगकर्ताले यो कार्ड पिओएस (एइक्)वा एटिएममा आफ्नोसहजताअनुसार प्रयोग गर्न सक्नेछन् । यसका साथै समानमासिककिस्तामासाइकल, गहना, मोबाइलफोन र ल्यापटप जस्ता बस्तुहरु खरीदगर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ ।

 

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल÷ग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यहरुका लागि समेत एक भन्दा बढी क्रेडिट कार्ड प्राप्तगर्न मिल्ने विकल्प÷सुबिधा प्रदान गरेको छ । यस योजनाअन्तर्गत रु.२ लाखप्रतिकार्ड सिमातोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशत सम्मकार्ड सिमाप्राप्तगर्न सकिनेछ । यो मुद्धती निक्षेप(फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूतविषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको बस्तुको मजालिंदै मुद्दती निक्षेपमा११.०३% का दरले लोभ लाग्दो ब्याज समेत आर्जन गर्न सक्नेछन् । यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रोवित्तीय निर्णय लिन सक्षम बनाउनेछ भन्ने नबिल बैंकले विश्वास लिएको छ ।