२०८१ बैशाख २७ , बिहिवार

गण्डकी प्रदेशको आयोजनामा महासंघको नवौं स्थापना दिवस भब्यताका साथ सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघे गण्डकी प्रदेशको आयोजनामा नेपाल सुनचाँदी ब्यवसायी महासंघको नवौं स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । महासंघको गण्डकी प्रदेशका सभापति चन्द्र किशोर गौतमको सभापतित्वमा फागुन २० गते शुक्रबार पोखरामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माको प्रमूख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । यस्तै कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष बिशेष अतिथि रहनु भएको थियो ।

 

 

सो अवसरमा उक्त प्रदेशका नौ वटै जिल्लाका अध्यक्ष लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्यसक्रममा कर शिक्षा सम्वन्धी बिषयमा अन्तरक्रिया भएको थियो । कर सम्वन्धी प्रशिक्षण आन्तरिक राजस्व कार्यालयका कर अधिकृत मदन वहादुर केसी र कम्प्युटर अधिकृत दीपक पौडेलले गर्नुभएको थियो ।

महासंघको स्थापना दिवसमा उक्त अवसरमा केक काटेर हर्सोल्लासका साथ मनाइएको थियो । त्यसक्रममा गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्री हुनुभएका डोवाटे विश्वकर्मालाई सम्मान गरिएको थियो । प्रदेश सभापति रवीन विश्वकर्माले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उपसभापति कृष्ण वहादुर विश्वकर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।