२०८१ जेठ ७ , सोमवार

नेप्से झिनो अंकले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको दोस्रो दिन आज झिनो अंकले बृद्धी भएको छ । आज नेप्से १.५४ अंकले बढेर दुई हजार ५ सय ४४ दशमलब ९३ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ६० करोड ९ लाख बराबरको कारोबार भएको छ ।

 

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा ११८ वटा कम्पनी घटेका छन् भने ६६ वटा कम्पनी बढेका छन् । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा वुद्धभुमी नेपाल हाइड्रोपावर र बोटलर्स नेपालको रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ५ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज पाँचथर पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशतले घटेर प्रतिकित्ता ४१८ रुपैयाँमा झरेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टकोे भएको छ । यस कम्पनीको आज २७ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।