२०८१ जेठ ८ , मंगलबार

अमिताभ बच्चनको शिरमा नेपाली ढाकाटोपी

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन् । सोमबार आफ्नो इन्स्टाग्राम मार्फत उनले सार्वजनिक गरेको एक तस्बिर उनलाई नेपाली ढाकाटोपी लगाएको देख्न सकिन्छ ।

 

तस्बिर सार्वजनिक गर्दै उनले लेखका छन्, ‘केटीको केटीको’ । तस्बिरमा उनका दुई हात कम्बरमा राख्दै उनी हर्षित मुद्रामा देखिएका छन् ।उनको उक्त तस्बिर पोस्टलाई नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति देखाएको सम्मान भन्दै धन्यवाद दिइरहेका छन् । टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा बेलाबेलामा नेपालका बिभिन्न विषयका प्रश्न बनाउँदै आएका बच्चनले नेपाली ढाका टोपी शिरमा सजाएको सम्भवतः यो पहिलो होला ।

 

उनले ढाकाटोपी लगाउनुको उदेश्य भने खुलाएका छैनन् ।बच्चन धेरै पहिले फिल्म ‘महान’ को सुटिङका लागि नेपाल आएका थिए । उनको अभिनय रहने फिल्म ‘उचाई’ समेत केही अगाडि छायाङ्कन भएको थियो । फिल्म छायाङ्कनका लागि पहिले उनी नेपाल आउने हल्ला चलेपनि स्वास्थ्यका कारण देखाएर उनले नेपाल सुटिङ क्यान्सिल गरेका थिए । एजेन्सी