२०८१ जेठ १ , मंगलबार

दुई दिने शिशुसहित ललितपुरमा पाँच जनाको मृत्यु

सुनाखरी न्युज/ललितपुर। ललितपुरको कोन्ज्योसोममा दुई दिने शिशुसहित पाँच जना मृत अवस्थामा फेला परेका छन् । कोन्ज्योसोम गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 

प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले चार जनाको घटनास्थलमा र दुई दिनको शिशुको उपचारका क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिनुभयो ।

 

घरैमा मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्ताङ, २३ वर्षीया सुष्मा स्याङ्ताङ, ९ वर्षीय आशिष स्याङ्ताङ र ७ वर्षीया आश्मा स्याङ्ताङ रहेको एसएसपी पोखरेलले जानकारी दिनुभयो । २३ वर्षीय शुभ स्याङ्ताङको पाटन अस्पतालमा उपचार भइरहेको छ ।