२०८१ जेठ ५ , शनिवार

रुसी हमलामा युक्रेनका राष्ट्रपति मारिए के होला ? अमेरिकाले दियो जवाफ

सुनाखरी न्युज/ काठमाडौं ।

रुसी हमलामा युक्रेनका राष्टपति मारिएको खण्डमा के होला भन्ने प्रश्न धेरैको मनमा उठेका हुनसक्छन् । यही विषयमा अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनलाई प्रश्न सोधिएको छ ।

 

सिबिएस न्युज च्यानलले एक अन्तरवार्ताको क्रममा ब्लिङ्कनलाई हमलामा युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की मारिए के होला भनेर सोधिएको प्रश्नको जवाफमा ब्लिङ्कनले युक्रेनको सरकारसँग आकस्मिक योजना भएको बताएका छन् । एन्टनी ब्लिङ्कनले भने, ‘युक्रेनसँग योजना छन् । म यसका अहिले नै कुरा गर्ने वाला छैन । सरकारलाई सत्तामा राख्नका लागि के गर्नुपर्छ भन्ने कुरा हामी निश्चित गर्नेछौँ । यसलाई ममाथि छोडिदिनुहोस् ।’

 

ब्लिङ्कनलाई अमेरिका जेलेन्स्की बिना अन्तरिम सरकारका लागि कुनै योजनामाथि काम गरिरहेका छन् भनेर सोधिएको थियो । थुप्रै मिडिया रिपोर्टमा जेलेन्स्की रुसी हमलाको निशानामा भएको बताइएको छ । जेलेन्स्की आफैंले पनि आफ्नो ज्यानमाथि खतरा भएको बताइसकेका छन् । अहिले जेलेन्स्की लाइभमा आउँदैनन् । उनी भिडियो रेकर्ड गरेर सोसल मिडियामा हाल्ने गर्छन् ।

 

यदि रुसले राष्ट्रपति जेलेन्स्कीलाई मारिदियो भने त्यसको असर के होला ? यसको जवाफमा ब्लिङ्कनले भने, ‘पहिलो कुरा त के हो भने जेलेन्स्की र उनको सरकार पूरा मामिलामा डटिरहेका छन् । मानिसहरुले गज्जबको साहस देखाएका छन् ।’प्रतिबन्धको विषयमा ब्लिङ्कनले यसको रुसमा असाध्यै गम्भीर असर परिरहेको बताए । कम्पनीहरु त्यहाँबाट भागिरहेका कारण मानिसहरु अत्यावश्यक सामान खरिद गर्न नसकिरहेको बताइएको छ । एजेन्सी