२०८१ जेठ ८ , मंगलबार

‘मिस तामाङ २०२२’ को उपाधि रञ्जना तामाङलाई

सुनाखरी न्युज/ काठमाडौं ।

चौधौं संस्करणको‘मिस तामाङ २०२२’को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जितेकी छन् । प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि सुरक्षित गरेकी हुन् ।

एमडी ग्रुपको प्रस्तुति तथा मम्स इन्टरनेसनल नेपालको आयोजनामा उक्त प्रतियोगिता राष्ट्रिय सभागृहमा शनिबार सम्पन्न भएको हो । ‘मिस तामाङ रञ्जनाले उपाधिसँगै एक लाख नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर जितेकी छिन् उक्त प्रतियोगितामा पुजा तामाङ ‘फस्ट रनर अप’बन्दै ५० हजार नगद पुरस्कार हात पार्दा डिजी लोप्चन ‘सेकेन्ड रनर अप’र प्रकृति पाख्रिन ‘थर्ड रनर अप’भए ।

 

तामाङ भाषा, धर्म, कला संस्कृति, भेषभुषाको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले १४औं संस्करण मिस तामाङ–२०२२ को आयोजना गरिएको हो ।