२०८१ जेठ ७ , सोमवार

एनएमबि बैंकको विस्तारीत काउण्टर मोरङ्गको बेलबारी मालपोत कार्यालयमा

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंकले सेवाग्राहीहरुलाई सहजहोस भन्ने उद्देश्यले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ ।

 

नेपाल सरकार भुमीव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंक लि.का प्रमूखकार्यकारी अधिकृत  सुनिल के.सि.को विशेष आतिथ्यता तथा एनएमबि बैंक लि. प्रदेश नं. १ का प्रमुखश्री उत्सव घिमिरेको सभापत्विमाआयोजितएक कार्यक्रममाझशुक्रबार मालपोत कार्यालय परिसरमाविस्तारित काउण्टरको विधिवतउद्घाटन भएको हो ।

 

उक्तकार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ०३ का अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबि बैंकका प्रमुख व्यवसाय अधिकृत  गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारीविस्तारीत काउण्टरका प्रमूख भानुभक्त न्यौपाने, भुमी सुधार तथा मालपोत कार्यालय बिराटनगरका प्रमूख लोबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्दफुयाल अतिथीको रुपमा रहेका थिए । कार्यक्रममा सचिवथपलिया, महानिर्देशक घिमिरे, प्रमुख कार्यकारी अधिकृत के.सि. वडाध्यक्ष भण्डारीले शुभकामना स्वागतमन्तब्य राखेका थिए भने मालपोत कार्यालय बेलबारी विस्तारीत काउण्टरका प्रमूख न्यौपानेले धन्यवाद मन्तब्य राखेका थिए । शुभकामना मन्तव्य कै क्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत के.सि.ले सरकार–नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यलयले बैंकलाई विश्वास गरी सेवाप्रदानगर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै अव मालपोत कार्यलय बेलबारीमा नगद रहीत सेवा लिनहुन पनि सम्पूर्ण सेवाग्राही महानुभावहरु लाई अनुरोध गरेका छन् ।

 

एनएमबि बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेकको छ । एनएमबि बैंकले यस लगायतहाल देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।