२०८१ बैशाख ३० , आइतवार

प्रभु लाइफको सल्लाहकारमा सन्तोष प्रसाईलाई नियुक्त गर्न बीमा समितिको अनुमति

सुनाखरी न्युज/ काठमाडौं । प्रभु लाइफले प्रसाईलाई बीमा क्षेत्रको विज्ञका रुपमा सल्लाहकारमा नियुक्तीको लागि गरेको प्रस्तावलाई समितिले स्वीकृत गरेको हो ।

 

प्रसाईले गत कात्तिकमा नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका थिए । चार्टर्ड एकाउन्टेन्ट प्रसाईले यस अगाडी नेपाल लाइफमा ४ वर्ष तीन महिना काम गरेका थिए । यस अवधिमा ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । उनि नियामक निकाय बीमा समितिको जागिर छाडेर नेपाल लाइफमा आएका थिए । प्रभु लाइफले प्रमुख कार्यकारी अधिकृत बनाउने गरि प्रसाईंलाई अहिले सल्लाहकारमा नियुक्त गरेको हो ।

 

बीमा समितिको नियम अनुसार एउटा संस्था छोडेको ६ महिना कटेसिमात्र अर्को संस्थामा सोहि पदमा नियुक्त लिन पाइने ब्यबस्था भएकोले प्रसाईं २०७९ बैशाख २२ गते देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुन योग्य हुनेछन् ।