२०८१ जेठ ७ , सोमवार

गरिमाविकास बैंकको लकर सुविधामा आर्कषक छुट

सुनाखरी न्युज/ काठमाडौं । गरिमा विकास बैंकले आउँदै गरेको अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नु हुने सम्पूर्ण महिला ग्राहकहरु लाई यस विकास बैंकले प्रदान गर्दै आईरहेको लकर सुविधा मा विशेष छुटको व्यवस्था गरेको छ ।

 

आफ्नो बहुमुल्य गरगहना, सामान तथा कागजपत्र लाई सुरक्षीत राख्न भरपर्दो यस गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५% र वार्षिक लकर शुल्कमा ५०% (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो । यस विकास बैंकका ग्राहक महानुभावहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा धरान) मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिनेछ । यस विकास बैंकमा नयाँ वा पहिला नै नारी बचत खातातथा मेरो शेयर बचत खाता खोल्नु हुने सम्पूर्ण नारी ग्राहकवर्गले उक्त छुट प्राप्त गर्नु हुनेछ ।

 

हाल, गरिमाविकास बैंक लिमिटेडले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएम बाट सरल, सुलभ एवं गुणस्तरिय सेवादिदै आईरहेको छ ।