२०८१ बैशाख २७ , बिहिवार

लुम्बिनी प्रदेश : नेपाल सुनचाँदी व्यवसायी महासंघकाे स्थापना दिवस सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको नवाैं स्थापना दिवस लुम्बिनी प्रदेशकाे राजधानी भालुबाङमा भब्य रुपमा सम्पन्न भएको छ ।

 

स्थापना दिवसका अवसरमा महासंघले लुम्बिनी प्रदेशकाे भालुबाङमा प्रदेश स्तरिय कर सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरि केक काटेर नवौं स्थापना दिवस मनाएकाे छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बुद्धि बहादुर बिकको सभापतित्व तथा महासंघका केन्द्रीय उपाध्यक्ष जाेगलाल विश्वकर्माकाे प्रमुख आथित्यथामा सम्पन्न भएकाे उक्त कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष बुद्धिबहादुर बिकले महासंघको स्थापना र कार्यक्रमकाे उद्देश्य त्यसको औचित्य, हालसम्म भएका प्रगति र आगामी दिनमा चाल्नुपर्ने कदम लगायतको बिषयमा प्रकाश पार्नु भएको थियो ।

 

प्रमुख अतिथि विश्वकर्माले राज्यले व्यवसायीहरुले व्यसाय गर्दा राज्यकाे नियम कानुनकाे पालना गर्नुका साथै रचनात्मक कार्य गर्नु पर्नेमा जाेड दिएका थिए । महासंघको स्थापना दिवसकै अवसरमा सहभागीहरुलाई कर सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएकाे थियाे । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डे, कर अधिकृत धनिश्वर अर्यालले कर सम्बन्धी ऐेन, नियम तथा नियमावलीका साथै व्यवसायीले व्यवसाय गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा पनि तालिम दिएका थिए ।

 

कार्यक्रममा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष लगायत पदाधिकारीहरुले शुभकामना दिएका थिए । महासंघका प्रदेश सचिव दिलबहादुर खातीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा उपाध्यक्ष गाेपाल सुनार बराईलीले धन्यवाद ज्ञापन गरि समापन गर्नु भएको थियो । कार्यक्रममा प्रदेशकाे १३ वटै जिल्लाका जिल्ला, नगर संघका पदाधिकारी तथा प्रतिनिधिहरु गरि ५० जनाकाे सहभागिता रहेकाे थियो । वि.सं २०६९ साल फागुन २० गते महासंघको स्थापना भएको थियाे ।