२०८१ बैशाख २७ , बिहिवार

सुनको मूल्यमा उच्च बृद्धी, तोलामा एक लाख नाघ्यो

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य एक लाख नाघेको छ ।

 

शुक्रबार ९९ हजार ९ सयमा कारोबार भएको सुन आज एकै दिन २ हजारले बढेर एक लाख एक हजार ९ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।