२०८१ जेठ ४ , शुक्रवार

पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको माग

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।

 

संगठनले कोरोना महामारीका कारण जनताको जनजिबन थला परेको बेला बारम्बार पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनता प्रति उपेक्षा गरेको भन्दै आपत्ति जनाएको छ ।

 

शनिबार विज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष फणिराज लोहनी (राजु) ले भनेका छन्-‘सरकारले जनताको जीवन यापनमा खेलवाड गरेको छ, सरकारको यस्तो कार्य प्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन आश्चर्य चकित परेको छ ।’नागरिकको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको बेला जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको संगठनको दावी छ । संगठनले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि अविलम्ब फिर्ता नलिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।