२०८१ जेठ ४ , शुक्रवार

दैनिक कोरोना संक्रमण सय भन्दा कम, मृत्यु शून्य

सुनाखरी न्युज/ काठमाडौं ।
दैनिक कोरोना संक्रमण सय भन्दा कम भएको छ । २४ घण्टामा देशभर जम्मा ९१ जनामा मात्रै कोरोना पोजिटिभ देखिएको छ । देशभर ६२२० जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

२४ घण्टामा ३६२ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा कसैको पनि कोरोनाबाट मृत्यु भएन । सक्रिय संक्रमितको संख्या पनि घटेर ६९४७ पुगेको छ ।