२०८१ बैशाख २७ , बिहिवार

‘झिल्का’ को उत्खनन (पहिलो लघुकथा संग्रह)

पुष्कर अथक रेग्मी –

हाँस्दै स्वदेशको लागि मरे जो धर्मयुद्धमा
शुक्र, गङ्गा, दशरथ, धर्मलाई छ बन्दना !

शहिदप्रति मंगलाचरण गाउँदै नेपाली कथाख्यानको इतिहासमा पूर्णप्रसाद ब्राह्मणद्वारा लिखित एवं प्रकाशित पहिलो लघुकथा सङ्ग्रह ‘झिल्का’ (२००७) हो । दवाडी थरका पूर्णप्रसाद ब्राह्मण आधुनिक नेपाली लघुकथाख्यानका प्रवर्तक एवं सामाजिक यथार्थवादी धाराका सशक्त कथाकारका रूपमा प्रतिष्ठापित भएका छन् ।

 

पूर्णप्रसाद ब्राह्मणका कृतिहरू
पूर्णप्रसाद ब्राह्मण (१९६९–२०४६) संस्कृत एवं नेपाली वाङ्मयको इतिहासमा ज्वाजल्यमान नक्षत्रको नाम हो । राणा शासन कालमा वि.सं. २००३ सालमा उनको पहिलो कथा सङ्ग्रह ‘एक्काइस कथा’ प्रकाशित भयो । त्यसपछि क्रमशः कथा सङ्ग्रहहरू झिल्का (२००७), म लोग्ने हुँ (२००८), एकतिस कथा (२०४२) र एघार कथा (२०४३) प्रकाशित भए । कविता सङ्ग्रहमा अगुल्टो (२००८), खण्डकाव्य कुन्तीको समाचार (२०४४), लघुकाव्य सम्झौता (२०४७), पूर्णप्रसाद ब्राह्मणका फुटकर कविता (२०६२) प्रकाशित भए ।उपन्यासमा एक कथा (२०४२) र अध्यक्ष उमा (२०४४) प्रकाशित भएका छन् । संस्कृत साहित्यतर्फ काव्य, महाकाव्य, खण्डकाव्य, दर्शन, पौराणिक उपन्यास लगायतका क्षेत्रमा गरी आठवटा कृतिहरू प्रकाशित भएका छन् । समग्रमा भन्नुपर्दा संस्कृत वाङ्मयका उद्भव विद्वान र नेपाली साहित्यका विशिष्ट स्रष्टा पूर्णप्रसाद ब्राह्मणका डेढ दर्जन जति कृतिहरू प्रकाशित छन् ।

 

लघुकथा सङ्ग्रह ‘झिल्का’
पूर्णप्रसाद ब्राह्मणद्वारा लिखित एवं वि.सं. २००७ सालमा प्रकाशित लघुकथा सङ्ग्रह झिल्कादुर्लभ कृतिको रूपमा रहेको छ । अहिले करिब सात दशकपछि यस दुर्लभ कृतिलाई लघुकथा समाज नेपालले नयाँ संस्करणको रूपमा पहिलो लघुकथा सङ्ग्रह झिल्का भनी वि.सं. २०७८ भाद्रमा प्रकाशन गरेको छ । सम्पादक कथाकार श्री ओम श्रेष्ठ ‘रोदन’ विशेष धन्यवादका पात्र रहनुभएको छ । सम्पादित सङ्ग्रहभित्र राणा शासन कालमा लेखिएका १९ वटा र अन्तरिम कालमा लेखिएका ३ वटा गरी २२ वटा लघुकथाहरू सङ्ग्रहित रहेका छन् । ‘एक कुरा’ शीर्षकमा लेखकीय, ‘बलिरहेको झिल्का’ शीर्षकमा श्री ओम श्रेष्ठ ‘रोदन’ को अभिव्यक्ति, ‘ब्राह्मणको झिल्का ः एक दृष्टिप्रक्षेप’ शीर्षकमा प्रा.डा. लक्ष्मणप्रसाद गौतमको भूमिका र ‘दुई शब्द’ शीर्षकमा कवि श्री सिद्धिचरणको महनीय अभिव्यक्ति रहेका छन् ।

 

झिल्काको उत्खनन
ब्राह्मणको लघुकथा सङ्ग्रह झिल्का (२००७) को शुक्ष्म अध्ययन पश्चात् उत्खनन गरिएका अन्तरकुन्तरहरू यसप्रकार छन् ः
१.विहे ः शीर्षकको कथाले पुरूष सत्राको बिरोध गरी नारी चेतनाको जागृत गरेको छ ।
२.हक ः शीर्षकको कथाले गास, बास, कपास र प्यार भन्दा पहिला भाषा, सभ्यता र समाज चाहिने घोषणा गरेको छ ।
३.दागा ः शीर्षकको कथाले सामाजिक विभेदप्रति विरोध र व्यङ्ग्य प्रहार गरेको छ ।
४.सराप ः शीर्षकको कथाले भातृत्व भगीनीत्व एवं विश्वबन्धुत्वको भावना जागृत गराएको छ ।
५.विगुल ः शीर्षकको कथाले सत्य नै सर्वश्रेष्ठ हो भन्दै मानवतावादी दृष्टिकोण प्रस्तुत गरेको छ ।
६. शर्म ः शीर्षकको कथाले धर्मको नाममा हुने गरेका विकृति र बिसंगतीहरूलाई भण्डाफोर गरेको छ ।
७. लिसो ः शीर्षकको कथाले जातिवाद र सम्प्रदायवादले पार्ने आक्रान्तको तस्बिर खिचेको छ ।
८. खलल ः शीर्षकको कथाले निरंकुशता र दासताको तिब्र विरोध गरेको छ ।
९. होक्काँ ः शीर्षकको कथाले स्वतन्त्रता र सार्वभौमिकता खोजेको छ ।
१०. सेवा ः शीर्षकको कथाले पूर्वीय दर्शनको उदाहरणीय एवं मननीय विचारको प्रस्तुति गरेको छ ।
११. खेल ः शीर्षकको कथाले चाकरी, चाप्लुसी, चम्चागिरी प्रति तिखो व्यङ्ग्य प्रहार गरेको छ ।
१२. परत्र ः शीर्षकको कथाले प्रकृति, मत्र्य र भोग बिच सम्दाद भई दार्शनिक चिन्तन प्रस्तुत गरेको छ ।
१३. हीही ः शीर्षकको कथाले पैसा पैसा र पैसा मुखी प्रकृतिमाथि व्यङ्ग्य प्रहार गरेको छ ।
१४. जाँच ः शीर्षकको कथाले राणा शासनको तिब्र विरोध गरेको छ।
१५.सभा ः शीर्षकको कथाले सामाजिक विभेदको तिब्र विरोध गरेको छ ।
१६. भिक्षा ःशीर्षकको कथामा शासकले लोकसँग आफ्नो सुरक्षार्थ भिक्षा मागिरहेको छ ।
१७. बैठक ः शीर्षकको कथामा मुलुकको गोपनियतामा बाह्य हस्तक्षेप र चलखेल कसरी हुन्छ भनी देखाइएको छ ।
१८. झझल्को ः शीर्षकको पौराणिक कथामा चन्द्र सूर्य, रात दिन, ब्रह्मा, विष्णु, महेश्वरलाई विम्ब र प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको छ ।
१९. तत्व ः शीर्षकको कथामा परलोकमा समेत आत्महत्या गरेको देखाई शासकहरूप्रति तीव्र व्यङ्ग्य प्रहार गरिएको छ ।
२०. नाटक ः शीर्षकको कथामा परिवर्तनलाई नाटक मान राजनैतिक झटारो हानिएको छ ।
२१. वर्तमान ः शीर्षकको कथाले परिवर्तनले मात्र सबै प्राप्ति हुँदैन भन्ने सन्देश दिएको छ ।
२२. थोक व्यापार ः शीर्षकको कथाले राजनैतिक नेता तथा कार्यकर्ताहरू द्वैद्व चरित्रका हुने कटुसत्य उजागर गरेको छ ।

झिल्काका वैशिष्यताहरू
‘झिल्का’ लघुकथा सङ्ग्रहको अध्ययन पश्चात्का प्राप्य वैशिष्टयताहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः
१.सदाबहारताः सात दशक अघि लिखित एवं प्रकाशित कथाले हिजो आज र भोलीका परिवेशहरूमा समेत उत्तिकै मान्यतापूर्वक सदाबहार सन्देशको सम्प्रेषण गरेको छ ।
२. मानकता ः नेपाली कथाख्यान साहित्यको इतिहासमा झिल्का लघुकथा सङ्ग्रह पहिलो कृतिको रूपमा रहनुका साथै लघुकथाको अभिलक्षणा, नियम, मान्यता, सिद्धान्त आदिका आधारमा अबल मानक कृतिको रूपमा रहेको छ ।
३. सशक्तता ः चिन्तन, चेतना, अग्रगमन, युगीनता, भाषा शैली, विषयवस्तु आदिको आधारमा कथाहरू पूर्वीय दर्शनबाट प्रभावित भएका छन् ।
४. दार्शनिकता ः पूर्ण प्रसाद ब्राह्मण संस्कृत र नेपाली भाषाका विद्वान हुनुहुन्छ । उहाँका प्रत्येक कथाहरू पूर्वीय दर्शनबाट प्रभावित भएका छन् । लघुकथाको रचना गर्भमा दार्शनिकताको बीज रहेको छ ।
५. मानवता ः अधिकांश कथाहरू मानवतावादी शोध खोज, सोच र ओजका रहेका छन् । कथाले जीवन अस्तित्व खोजेको छ ।
६. राष्ट्रियता ः प्रजातान्त्रिक÷लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्न