२०८१ बैशाख २७ , बिहिवार

महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा शुक्रबार काठमाडौंको नक्सालस्थित भगवति वहालमा रक्तदान कार्यक्रम सम्पन्न भयो । महासंघले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।

 

 

कार्यक्रमको महासंघका सल्लाहकार समेत रहनुुभएका पुर्वमनत्री एवं प्रतिनिधीसभा सांसद कृष्णगोपाल श्रेष्ठले उद्घाटन गर्नुभयो । त्यसक्रममा उहाँले सुनचाँदी ब्यवसायीहरुलाई एकजुट भएर लाग्न सुुझाव दिनुुभयो ।

त्यसक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले महासंघले रक्तदान कार्यक्रमको आयोजना गरी सामाजिक उत्तरदायित्व वहन गरेको बताउनुुभयो ।

 

 

त्यसक्रममा महासंघका विभिन्न ब्यक्तिहरुले कार्यक्रमका बारेमा प्रकाश पार्नुु भएको थियो । रक्तादनकार्यक्रममा महासंघका पदाधिकारी, सदस्य, उद्यमी ब्यवसायी, कर्मचारी र स्वतन्त्र ब्यक्तिहरुले समेत सहभागिता जनाउनुुभएको थियो ।

त्यसअघि पुुर्वमन्त्री श्रेष्ठले केक काटेर महासंघको स्थापना दिवसको उद्घाटन गर्नुभएको थियो ।

 

महासंघका उपाध्यक्ष एवं रत्तदान कार्यक्रमका संयोजक पवन कुमार सोमानीले कार्यक्रम भब्यरुपमा सम्पन् भएको बताउनुुभयो ।

 

महासंघको स्थापना दिवसका अवसरमा सातौं प्रदेश महासंघ तथा जिल्ला संघहरुले पनि विविध कार्यक्रम गरी यो दिवस मनाएका छन् ।