२०८१ बैशाख १४ , शुक्रवार

गाँजा सहित ३ जना पक्राउ

सुनाखरी न्युज/  मोरङ । मोरङको बेलबारी स्थितमा लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

हिजो दिउसो ११ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-४ स्थितमा पुर्व तर्फ जाँदै गरेको को.२ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई लादै गरेको लागूऔषध गाँजा ४ केजी फेला पारे सगै अटो चालक धनकुटा आखिसल्ला १ घर भई हाल सुनसरी धरान १६ बस्ने ३३ बर्षीय केशरमान राई र अटोमा सवार धनकुटा महाभारत ५ घर भई हाल सुनसरी धरान ११ बस्ने २८ बर्षीय मनोज राईलाई नियन्त्रणमा लिईएको हो ।

 

यसै गरी बेलबारी-९ का ३० बर्षीय अविनास खवासलाई गाँजा २०० ग्राम सहित घरबाटै पक्राउ गरिएको हो । गाँजा सहित पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।