२०८० चैत्र १५ , बिहिवार

फेब्रुअरीमा हवाई मार्गबाट झन्डै २० हजार पर्यटक नेपाल भित्रिए

सुनाखरी न्युज/ काठमाडौँ । २०२२ को फेब्रुअरीमा हवाई मार्गबाट झन्डै २० हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी भारतबाट नेपाल भित्रिएका छन् ।

 

फेब्रुअरीभरिमा १९ हजार ७ सय ६६ सय जना पर्यटक नेपाल भित्रिएकोमा भारतबाट मात्रै ५ हजार ९ सय ९८ जना नेपाल भित्रिएका हुन । भारतपछि सबैभन्दा बढी पर्यटक नेपाल भित्रिने मुलुकमा अमेरिका देखिएको छ । अमेरिकामा फेब्रुअरीमा ३ हजार १ सय ९५ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन् । तेस्रो धेरै पर्यटक भित्रिने मुलुकमा भने बेलायत परेको छ । बेलायतबाट फेब्रुअरीमा २ हजार २ सय १७ जना पर्यटक नेपाल आएका छन् ।

 

क्षेत्रगत रुपमा सबैभन्दा बढी दक्षिण एसियाबाट ७ हजार २ सय ६२, युरोपबाट ४ हजार ८ सय १३ जना, ओसियाना क्षेत्रबाट १ हजार ७३ जना, अमेरिकी महादेशबाट ३ हजार ६ सय १४ जना र अन्य एसियाबाट ९ सय ५३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीका कारण चीनले बाह्य भ्रमणको लागि बन्द गरेको कारण नेपालको पर्यटनमा पनि यसको प्रभाव परेको देखिन्छ । फेब्रअरीमा चीनबाट २ सय ५ जना पर्यटक मात्रै नेपाल भ्रमणको लागि आएको तथ्यांक छ ।