२०८१ बैशाख २७ , बिहिवार

सुन तोलाको एक लाख नजिक

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामै करिब एक लाख पुगेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजारमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।