२०८० चैत्र १६ , शुक्रवार

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजबाट समाप्त

सुनाखरी न्युज/ काठमाडौँ । राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० जना सांसदको कार्यकाल आज (फागुन २० गते) बाट सकिँदैछ ।

 

जसमा नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ४, नेपाली कांग्रेसका ३ र मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत १ जना गरी २० सदस्यहरु रहेका छन् । यसरी कार्यकाल सकिनेमा नेकपा एमालेबाट अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल छन् ।

 

यस्तै, नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिशी र शेरबहादुर कुँवर तथा नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहाल रहेका छन् । यस्तै, नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् । त्यस्तै, मनोनिततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिएको छ ।

 

यता, राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भने शनिवार (फागुन २१ गते) हुने संसद सचिवालयले जनाएको छ । १ जना भने मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रिय सभाको १९ सिटका लागि गएको माघ १२ गते चुनाव भएको थियो