२०८१ बैशाख २६ , बुधवार

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर १५० पुग्यो

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार  बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

 

रुसले युक्रेनमाथि युद्ध सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । त्यसको असर नेपालमा पनि परेको हो ।

 

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ ।नयाँ मूल्य अनुसार  अब उपत्यकामा पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

 

यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

 

अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको थियो । त्यस्तै, डलरको बिनियम दर पनि बढेको छ । डलरको मूल्यले पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा असर पार्छ ।