२०८१ बैशाख १३ , बिहिवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्‍यु

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा ३ जनाको मृत्‍यु भएको छ ।

 

मन्त्रालयका अनुसार २ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४ सय ७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी जम्मा १ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ७ हजार ५ सय १७ जना संक्रिय संक्रमित रहेका छन् ।

 

जसमध्‍ये ७ हजार ३ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ७ सय ६१ पुगेको छ भने योसँगै कोरोना भाइरसबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९ सय ४३ पुगेको छ भने ९ लाख ५७ हजार ८सय ८ जना संक्रमणमुक्त भएका छन् ।