२०८१ बैशाख १३ , बिहिवार

व्याख्यात्मक घोषणाको नाममा जनतामा भ्रम छरियो : महासचिव पोखरेल

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् ।

 

प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको बताए ।

 

उनले व्याख्यात्मक घोषणाको कुनै अर्थ पनि नरहेको उल्लेख गरे । महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए ।रासस