२०८१ बैशाख २७ , बिहिवार

रक्तदान कार्यक्रमको आयोजना

सुनारखी न्युज/ काठमाडौं ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा शुक्रबार काठमाडौंको नक्सालस्थित भगवति वहालमा रक्तदान कार्यक्रम आयोजना हुँदैछ । महासंघले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।

 

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले महासंघले आफ्नो स्थापवना दिवसमा अवसरमा सामाजिक उत्तदायित्व अभियान अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी भई रक्तदानमा सभागी हुन खुल्लारुपमा आब्ह्वान गरिएको छ ।

 

महासंघका उपाध्यक्ष एवं रत्तदान कार्यक्रमका संयोजक पवन कुमार सोमानीले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको बताउनुभयो ।

महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यका अनुसार महासंघले आफ्नो नबौं स्थापना दिवसमा अवसरमा महासंघको कार्यालयमा एक कार्यक्रमको समेत आयोजना गरेको छ । सो औपचाकिर कार्यक्रम पश्चात रत्तदान कार्यक्रम शुरु हुने उहाँले बताउनुभयो ।

 

महासंघको स्थापना दिवसका अवसरमा सातौं प्रदेश महासंघ तथा जिल्ला संघहरुले पनि विविध कार्यक्रम गरी यो दिवस मनाउने प्रवक्ता मनोज कुमार शाहले बताउनुभयो ।