२०८१ जेठ ५ , शनिवार

नेपालमा कलाकारको ‘भ्यालु’ नबुझेर देश पछि पर्यो पूजा शर्मा

सुनाखरी न्युज/ काठमाडौं । अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नभएको बताएकी छन् । बालिकालाई करणी गरेको अभियोगमा अभिनेता पल शाहा बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बताएकी हुन् ।

 

दोषी नठहरी कलाकारलाई हतकडी लगाएर आपत्तिजन भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भनेकी छन्‘कलाकारको भ्यालु किन बुझेनौं है । जब पललाई लग्यो नि, उ दोषी हो कि होइन भन्ने नठहरी कलाकारलाई यसरी हतकडी लगाएको मलाई सबभन्दा मन नपरेको कुरा हो । उ दोषी ठहरिएपछि त हतकडी लगाउ जे गर । यहाँ कलाकारलाई सम्मान भन्ने चिज नै छैन ।’ कलाकारको सम्मान नगरेकै कारण देश पछि गएको पनि अभिनेत्री शर्माले बताएकी छन् । उनले भनेकी छन् यहाँ कलाकारलाई जे भन्दा पनि भयो । त्यही भएर देश यतिकै पछि गएको हैन भन्ने चाहिँ मलाई लाग्छ ।’

 

१७ वर्षीया गायीकाले पलले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । उक्त जाहेरी परेको चार दिनसम्म लुकेर बसेका पलले आइतवार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी हिरासतमा छन् । प्रहरी कार्यालय अगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र हत्या गर्ने प्रवृत्ति हाबी भइरहेको छ ।