२०८१ असार ५ , मंगलबार

चूडामणि र भूषणलाई दधिराज पुरस्कार

सुनाखरी न्युज/ काठमाडौं । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु ५१०००/- (एकाउन्न हजार ) राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार-२०७८ ’ लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा दिएको योगदानका लागि भाषाविद चूडामणि बन्धूलाई र रू २५०००/- (पचीसहजार ) राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार- २०७८’ टेलिभिजन पत्रकार तथा प्रस्तोता र पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएका वरिष्ठ पत्रकार भूषण दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ ।

 

यस अघि उक्त पुरस्कार साहित्यकारहरू प्रा. डा.गोविन्दराज भट्टराई , प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल , डा. विष्णुविभु घिमिरे र एस्पी कोइराला त्यसैगरी पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, मोहन भण्डारी र किशोर नेपाललाई प्रदान, गरिएको थियो ।

 

समालोचक प्राज्ञ सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको रू.पन्द्र लाख अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिन्छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यस वर्षका पुरस्कारहरू आगामी चैत महिनामा एक समारोहको आयोजना गरि समर्पण गरिने भएकोछ ।