२०८१ बैशाख १३ , बिहिवार

बुद्ध एयरले धनगढी-पोखरा उडान सुरु गर्‍यो

सुनाखरी न्युज/ काठमाडौं । कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ । बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो ।

 

बुद्ध एयर धनगढीका प्रमुख बुधराम चौधरीले बुधबारदेखि धनगढी-पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जानकारी दिनुभएको छ ।

 

सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी-पोखरा हवाई उडान सुरु हुन लागेपछि खुशी ब्यक्त गर्दै प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेको बताएका छन् ।