२०८१ जेठ ५ , शनिवार

कांग्रेसले चैत्र पहिलो हप्ता बाट ६७४३ वडामा कांग्रेस जिताऔं अभियान संचालन गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेस ले आगामी बैशाख -३० गते हुन गैरहेको स्थानीय निर्बाचन तयारीका लागी चैत्र पहिलो हप्ता बाट देश भरका ७५३ वटा पालिकाको ६७४३ वडामा ” घर घरमा जाऔं , कांग्रेस जिताऔं भन्ने अभियान प्रभावकारी रूपमा संचालन गर्ने भएको छ ।

आज एक रेडियो अन्तरबार्ता मा नेपाली कांग्रेसका महासमिति सदस्य एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले बताउनु भयो :-
कांग्रेस कै नेतृत्वमा शान्ति र संबिधान ।
कांग्रेस कै नेतृत्वमा समृद्धि र सुशासन ।
कांग्रेस कै नेतृत्वमा सबैखाले अन्यौलताको समाधान ।
फेरि कांग्रेस कै नेतृत्वमा तिनैतहको निर्बाचन ।
घर घरमा जाऔं , कांग्रेस जिताऔं ” अभियानमा सरिक हुन नेपाली कांग्रेसका करिब ९ लाख क्रियाशील सदस्य लाई नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य गिरीले आह्वान समेत गर्नुभएको छ ।
प्रजातन्त्र हुदै नेपाली जनताको आन्दोलन र चाहना बाट स्थापित आजको संघीय लोकतान्त्रिक गणतन्त्र बर्तमान नेपाल को उत्कृष्ट राजनीति प्रणाली हो । सार्बभौम जनता को सहभागितामा सम्पन्न हुने आबधिक निर्बाचन लोकतन्त्र को सुन्दर र अपरिहार्य पक्ष हो । आगामी बैशाख -३० गते स्थानीय निर्बाचन हुदै हामी तिनैतहको निर्बाचन गर्न गैरहेका छौ , उहाले स्पष्ट पार्नु भएको छ ।
आफ्नो राजनीतक यात्रा , अडान र दृष्टिकोण प्रति सदा प्रतिबद्ध । सबै खाले पेचिलो राजनीति लाई चिर्दै अब नेपाली कांग्रेस स्थानीय संगठन ले चुनावी कार्यतालिका सहित जरुरी कार्यक्रम थालनी गर्नु जरुरी भैसकेको छ कुरा समेत नेपाली कांग्रेस महासमिति सदस्य एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले बताउनु भयो :-
(१) फागुन महिना को दुई हप्ता नेपाली कांग्रेस पार्टी जनजनमा बुझाउने कार्यक्रम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वडा वडामा गर्नु पर्दछ ।
(२) चेत्र एक महिना चुनाब कसरी जित्ने भनेर रणनीतिक , नितिगत टिप्सहरू सिकाउने र स्थानीय निकाय निर्बाचन जागरण अभियान वडा वडामा लैजानु जरुरी छ ।
(३) बैशाख महिना तीन हप्ता घरघरमा मिटिङ्ग, प्रतिपक्ष माथि सैद्धान्तिक, बैचारिक र कार्यक्रम गत प्रतिबाद गर्ने , आफ्नो एजेण्डा र कार्यक्रम स्थापित गरेर मतदातालाई बिश्वासमा लिने काम गर्नु पर्ने र कांग्रेस लाई मतदान गर्न प्रचारप्रसार कार्यलाई घरघरमा पुर्‍याउने ।
(४) बैशाख को अन्तिम हप्ता मतलाई आफ्नो पक्षमा परिणत गराएर सुरक्षित राख्ने ।
(५) बैशाख – ३० गते आफ्ना मतदाताहरु लाई सहज रुपमा मतदान स्थलमा ल्याउने र पहिलो चरणमा रुख 🌳 चिन्हमा मतदान गराउने र सबै वडा अनि पालिकाहरुमा अत्याधिक बहुमतले नेपाली कांग्रेस लाई बिजय गराउने । सबल , सक्षम र निर्बाचित कांग्रेस ले नै नेपाल लाई समृद्धि तर्फ डोर्‍याउन सक्दछ भन्नुहुदै नेपाली कांग्रेस महासमिति सदस्य एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले नेपालको बिकास र समृद्धि का लागी नेपाली कांग्रेस भुमिका र हैसियत सबै तहमा निर्णायक हुनु जरुरी रहेको कुरा बताउनु भएको छ ।