२०८० चैत्र १६ , शुक्रवार

क्यानडामा जन्मियो हरियो कुकुर

सुनाखरी न्युज/ काठमाडौं ।

क्यानडामा एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ । एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो तर ती सबै हरियो रङका छन् ।

 

नयाँ जन्मेका छाउरा छाउरीमा हरियो भुवा भएको ती दम्पतीले बताएका छन् । मिडल स्याकभिलेका ट्रेभर र अउद्राले ती जोडीको कुकुरले सातवटा छाउरा छाउरी पाएपछि प्रश्रवको काम सकिएको बताए । तर कुकुरले अर्को बच्चा समेत जन्माउने तयारी गरेको छ । ‘फ्रेयाले आठौं बच्चा पाइ । हामीले उनलाई धोइ पखाली गरेर सुकाउन थाल्यौ र नयाँ बच्चा हरियो रंगको भएको पायौ ।

 

यसको लगत्तै केही गलत भएको हामीले पायौ । त्यसपछि हामीले यसलाई गुगलमा राख्यौ, मेरो घरमा कुकुरले पाएको छाउरा हरियो रंगको छ, यो के गलत हो । यो स्पष्ट रुपमा अत्यन्त दुर्लभ हो र विश्वभरीले थोरै मात्र यस्तो हुने गरेको छ,’ ट्रेभर मोसरले ग्लोबल न्युजलाई बताए । यो दुर्लभ अप्राकृतिक रंग पहिले पनि जन्मेका थिए ।

 

गर्भमा रहेको समयमा पित्तबाट हरियो रंगको सम्पर्कमा आएको कारणले नयाँ जन्मिएको छाउरो पनि हरियो भएको मानिएको छ । ‘म वास्तवमै एक किसिमको अचम्ममा परेको छु । यो दुर्लभ भएको छ । म पनि यसको अंश हुन पाएकोमा खुसी छु । यो अचम्म लाग्दो राम्रो थियो,’ मोसरले बताए । यो जोडीले जन्म देखिनै छाउराको हरियो रंग फेरिन थालेको पनि बताएका छन् । एजेन्सी