२०८१ जेठ ५ , शनिवार

प्रेस चौतारी गण्डकीको अधिवेशनमा १७ जनालाई सम्मान गरिने, अधिवेशनको सम्पूर्ण तयारी पुरा

राजाराम पौडेल/ पोखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको ऐतिहासिक प्रथम अधिवेशनमा १७ जना अग्रजलाई सम्मान गरिने भएको छ ।

 

सम्मानित हुनेमा गण्डकी प्रदेशका ११ जिल्लाका संस्थापक अध्यक्ष अथवा संस्थापक पदाधिकारी र पुर्व तथा वर्तमान केन्द्रिय पदाधिकारी रहने अध्यक्ष सुष्मा पौडेलले जानकारी दिनुभयो । यसरी सम्मानित हुनेमा वर्तमान केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे, गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण शर्मा, सह–इन्चार्ज श्यामनाथ कुँवर, केन्द्रिय पूर्व वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व उपाध्यक्ष शान्ती गुरुङ, पुर्व सचिव दुर्गा भण्डारी रहनु भएको छ ।

 

यसैगरी कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, तनहुँका संस्थापक अध्यक्ष तारानाथ शर्मा, बागलुङका संस्थापक अध्यक्ष गोविन्द नेपाली, म्याग्दीका संस्थापक अध्यक्ष तारानाथ उपाध्याय, लमजुङका संस्थापक अध्यक्ष सुवास पौडेल, स्याङ्जाका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे, नवलपुरका संस्थापक अध्यक्ष होमनाथ जैसी, पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, गोरखाका संस्थापक कोषाध्यक्ष भिमलाल श्रेष्ठ, मुस्ताङका संस्थापक तिलक विक र मनाङका संस्थापक अध्यक्ष राजन बहादुर गुरुङ रहनुभएको छ ।

 

फागुन १९ गते बिहिबार साइमन पार्टी प्यालेस सिर्जनाचोक पोखरामा बिहान १० बजे सूरु हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष पौडेलले बताउनुभयो । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका प्रतिनिधि तथा आयोजक पर्यबेक्षक गरी २ सय ५० जनासहभागी हुनेछन् । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।