२०८१ बैशाख २८ , शुक्रवार

कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

सुनाखरी न्युज/ काठमाडौं । कृषि विकास बैंक लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

 

बैंकले गत पुस २९ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर वितरण गर्न सूरु गरेको हो । बोनस शेयर फागुन १५ गते बैंकले धितोपत्र दोस्रो बजारमा सूचीकृत समेत गराईसकेको छ । यसर्थ हितग्राही खातामा प्राप्त बोनस शेयर सदस्यहरुले कारोबार गर्न सक्नेछन् । बैंकले पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिसकेको जानकारी दिएको हो । त्यस पश्चात पनि शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामै क्रमश शेयर जम्मा गरिने भनाई पनि कम्पनीको छ ।

 

यसर्थ हालसम्म आफ्नो शेयर अभौतिभीकरण नगराएका सदस्यहरुले यथासिघ्र गराई बोनस शेयर सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ । पुस १५ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकको बोनस शेयर भने सम्बन्धीत कम्पनीकै नाममा रोक्का रहेकाले फुुकुवा भएको खण्डमा सम्बन्धीत कम्पनीमै सम्पर्क राख्न कम्पनीले भनेको छ । कम्पनीले यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश समेत दिएकाले शेयरधनीहरुले बोनस शेयरमा लाग्ने कर तिर्नुपर्नेछैन् । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।