२०८१ बैशाख ८ , शनिवार

आजबाट ‘बी’ डिभिजन लिग

सुनाखरी न्युज/ काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग आजबाट शुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार ‘बी’ डिभिजन लिगको पहिलो दिन तीन खेल हुने छन्।

 

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल यूथ क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा प्रतिस्पर्धा गर्नेछन्। यो खेल बिहान साढे ९ बजेबाट शुरु हुनेछ। दिउँसो पौने १ बाट शुरु हुने दोस्रो खेलमा बाँसबारी क्लबले सरस्वती क्लबको सामना गर्नेछ।

 

तेस्रो खेलमा वीरगन्ज युनाइटेड र ब्वाइज युनियन भिड्ने छन् । यो खेल दिउँसो ४ बजेबाट शुरु हुनेछ। लिगमा १४ क्लबले सिङ्गल राउन्ड रोबिनको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुँदा पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन्।