२०८० चैत्र १६ , शुक्रवार

प्रतिनिधिसभाको बैठक आज बस्दै

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि आज बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

 

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७\७८’ पेश गर्नुहुनेछ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेश गर्ने सूची तय गरिएको छ ।

 

त्यसैगरी, ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैबिच संसद बैठकमा अबरोध कायमै राख्ने एमालेले तयारी गरेको छ ।