२०८१ जेठ ६ , आइतवार

स्वीडेनका वैज्ञानिकको अध्ययन : डिभाइसबाट कोरोना संक्रमण पत्ता लाग्ने

सुनाखरी न्युज/ काठमाडौं ।

कोरोनाको जाँचमा आरटी–पीसीआर परीक्षण र र्‍यापिड एन्टिजेन परीक्षणको प्रयोग गरिन्छ । तर हालै स्वीडेनका वैज्ञानिकले स्वासप्रश्वास वा स्वास जाँच गरेर पनि कोरोनाको संक्रमण पत्ता लगाउन सकिने बताएका छन् ।

वैज्ञानिकहरुको यससम्बन्धी अध्ययन इन्फ्लूएन्जा एन्ड अदर रेस्पिरेटरी भाइरस जर्नलमा प्रकाशित भएको हो । यो अध्ययन युनिभर्सिटी अफ गोथेनबर्गका शोधकर्ताहरुले गरेका हुन् । अनुसन्धानका लागि पार्टिकल्स इन एक्सहेल्ड एयर (पीईएक्सए) र ब्रेथ एक्सप्लोर (बीई) नामका संयन्त्रको विकास गरिएको छ ।

 

अध्ययनमा तीन किसिमबाट कोरोनाको नमुना संकलन गरिन्छ ।पहिलो तरिकामा अनुसन्धानमा समावेश मानिसलाई २० पटक स्वास लिन लगाएका थिए । दोस्रो तरिकामा लामो गहिरो स्वास छोडेर थोरै समयका लागि रोकिएको थियो । तेस्रो तरिकामा डिभाइसमा तीन पटक स्वास लिने र बाहिर फ्याँक्ने गरिएको थियो ।

अध्ययनको नतिजा
वैज्ञानिकले डिभाइसमा खोक्नाले स्वास प्रश्वासको परीक्षण सबैभन्दा राम्रो नतिजा दिने बताएका छन् । दोस्रो नम्बरमा गहिरो स्वास छोड्नु र तेस्रो स्थानमा सामान्य स्वास लिनु रहेको छ । नतिजाका अनुसार खोक्ने २५ मा ८ नमुनामा कोरोना पोजिटिभ पाइएको थियो । यसैगरी गहिरो स्वासवाला २५ मा ३ र सामान्य स्वास २५ मा २ नमुनामा कोरोना पोजिटिभ पाइएको छ । यो सबै नमुना पीएएक्सएद्वारा लिइएको थियो ।
बीईबाट लिइएको सामान्य स्वासवाला नमुनामा २ पोजिटिभ पाइएको थियो । यो हातले चलाउने डिभाइस हो ।

वैज्ञानिकको राय
अध्ययनमा समावेश एमिलिया विकलुन्ड भन्छिन्,‘स्वास परीक्षणको माध्यमबाट हामी अत्यन्त साना कण पत्ता लगाउन सक्छौँ । उनीहरुको डायमिटर ५ पाइक्रोमिटर भन्दा कम छ । हामी एक छिनको स्वासमै भाइरस पत्ता लगाउन सक्छौँ ।’ पीएएक्सए विकसित गर्ने प्राध्यापक एना–क्यारिन ओलिन भन्छन्,‘स्वासमा कोरोनाको कण नाकबाट लिइएको नमुनाको एक करोडौं हिस्सा थियो । यसका बाबजुद हामी परीक्षणमा सफल भयौँ । यस खोजमा थप अनुसन्धान जारी रहेको छ ।  एजेन्सी