२०८१ बैशाख २८ , शुक्रवार

सानिमा बैंक अब काभ्रेको पाँचखाल, तामाघाटमा

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति २०७८ फाल्गुन १६गते काभ्रेको पाँचखाल, तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमका बीच गर्नुभयो ।

 

समुद्घाटन् समारोहमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमानिरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नु भयो ।

 

त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बैंकका ग्राहक तथा सरोकारवालाहरु लाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्तगर्नु भयो । सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालयर १०४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।