२०८१ बैशाख २८ , शुक्रवार

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म छुट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता गरिएको छ ।

 

नेपाल बैंक र आगन्तुक रिसोर्ट सोबार भएको सम्झौता बमोजिम नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो । त्यसैगरि बैंकको डेविट कार्ड ,क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग,इन्टनेट बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको छ । उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत होमबहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

 

उक्त अवसरमा बैंकका प्रमुख वित्त अधिकृत खड्काले आगन्तुक रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिेसोर्ट प्रति हार्दिक आभार व्यक्त गरे । आगन्तुक रिर्सोटका बोर्ड संयोजक कृष्ण ज्ञवालीले नेपालको ठूलो र सबल बैंक संग सहकार्य गर्ने पाउँदा खुसी व्यक्त गर्दे आगामी दिनमा यो सहकार्य थप मजबुत हुंदै जाने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल बैंकका बजारिकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कंडेल र आगन्तुक रिसोर्टका मार्केटिङ्ग प्रमुख प्रभाकर खड्का लगायतको पनि उपस्थिति रहेको थियो । बैंकले नेपालभर २३१ शाखाहरु, १४७ एटीएम साथै ४९ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।