२०८१ जेठ ६ , आइतवार

“घर-घरमा नेपाल प्रहरी” २०७८ कार्यक्रमको शुभारम्भ

सुनाखरी न्युज/ संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घर घरमा नेपाल प्रहरी कार्यक्रम २०७८ को शुभारम्भ गरेको छ ।

 

आज जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरमा भएको एक कार्यक्रमका बिच बस्ति, टोल र घर घरमा प्रहरीको पहुँच अभिबृद्धि गरि नागरिकका समस्याको बारेमा बुझ्न, प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा आम जनतालाई समस्या परेको बखत र कुनै पनि अपराधिक घटनाको तुरुन्त प्रहरी कार्यालयलाई जनाकारी गराउन आवश्यक रहेको कुरा महसुस गराउन घर घरमा नेपाल प्रहरी अभियानको शुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 

जिल्ला समन्वय समिति खाँदबारीका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा खाँदबारी नगरपालिका प्रमुख मुरारी खतिवडा, १ नं. प्रदेश आन्तरिक मामिला तथा कानुन सचिव काली प्रसाद पराजुली, संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि. अरुण कुमार बिसी र १ नं. प्रदेश प्रहरी संघकी अध्यक्ष चारू कोईराला बि.सी. लगायत बिभिन्न राजनितीक दलका प्रतिनिधी, पत्रकार र स्थानियहरुको सहभागी रहेको थियो ।